नेपालका प्रायः सबै हिन्दु परिवारका लागि ‘स्वस्थानी व्रतकथा’ को परिचय दिइराख्नुपर्दैन । स्वस्थानीलगायत नाना देवीदेवताहरूका अनेकन कथाहरू ३१ अध्यायमा उनेर एकैजस्तो बनाइएको यो कथा हरेक वर्ष माघ महिनाभरि कतिपय हिन्दू महिलाको दैनिक जीवनको अङ्ग बन्छ । तर, नेपाली ग्रामीण समाजमा यस कथासँग सम्बन्धित परम्परा लोकपि्रय नै रहे पनि शिक्षित समुदायले भने स्वस्थानी व्रतकथा महिलाविरोधी एवं पितृसत्तात्मक भएको आवाज उठाउन थालेको छ ।
हाल अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्ज आजभन्दा करिब २५ वर्ष अगाडि नेपाल आउँदा स्वस्थानी व्रतको परम्परा देखेर अचम्ममा परिन् ।
आफू लैंगिकताको विद्यार्थी भएका कारण उनले यसमा विशेष चासो देखाइन् । पुरुषत्वकै बखान गर्ने कथा भए पनि स्वस्थानी देवी आफैँमा कुनै पुरुषबिना अस्तित्वमा रहेकाले उनलाई यो परम्परा एक हिसाबले पितृसत्तावादी र अर्को हिसाबले नारीवादी लाग्यो ।
करिब दुई वर्षअगाडि स्वस्थानी व्रतकथाको परम्पराबारे एक पुस्तक नै प्रकाशित गरेकी बिर्कन्होल्ज हाल यसलाई अङ्ग्रेजीमा उल्था गर्न तल्लीन छिन् ।
प्रतिक्रिया