प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराईलाई विशेष निवेदन । सबैलाई सत्ता र कुर्सीको मात्र ध्यान छ । यस्तो संबेदनशील कुरा मा सम्बन्धित निकायको कुनै चासो छैन।
कोरोना भाइरस संक्रमित देशहरुको सबै फ्लाईट (उडान) क्यान्सिल (रद्ध) गरेर केही समयको लागि उडान बन्द गरियोस । साथै अन्तर्राष्ट्रिय बिमानस्थलमा बलियो हेल्थ डेस्क राखियोस। अनि त्यसैगरी बिमानस्थलको बिग्रेको थर्मल स्क्यानर जतिसक्दो छिटो बनाइयोस ।
यदि अझैपनी Visit Nepal 2020 को नारा लाएर बस्ने र जो कोहिलाई पनि निर्बाध रूपमा नेपाल प्रवेश दिने हो भने कोरिया चाइना जस्ता बिकसित देशहरुले पनि कन्ट्रोल गर्न नसकेको कोरोना भाइरस नेपाल भित्रीएर फैलियो भने हामी नेपालीले सोच्न पनि नसकेको क्षति भोग्नुपर्छ । त्यसैले बेलैमा साबधानी अपनाएर प्रकोपको पूर्वतयारी गरौं र आफुपनि बाँचौ । अरुलाईपनि बचौं। दवावका लागि सक्दो सेयर गरौँ ।
प्रतिक्रिया