भोली सार्वजनिक बिदाको घोषणा !


मकवानपुरको बकैया गाउँपालिकाले फागुन २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १५ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माझी जातिहरुको पर्व लदिको अवसरमा पालिकाले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सूचना प्रकाशन गरि लदी पर्वको अबसरमा सबैलाई शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदा दिएको घोषणा गरेको हो ।