आज सोमबार हिन्दुधर्मालम्बीहरू हरेक सोमबारलाई विशेष दिनको रुपमा लिन्छन् । किनकी यो दिन भगवान् शिवको पूजाआराधनाको लागि विशेष मानिन्छ । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।
यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । यस दिन शिव र पार्वतीको पूजा आराधना गरिन्छ । सोमबारको उपवासले मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।
अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन पनि छ, नेपाली समाजमा ।
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् ।
पहिलो कथामा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात् धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ । कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो ।
तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।
यो मन्त्र जप्नुहोस् ।
ऊं नमः शिवाय
नमः शिवाय
शुभं शुभं
कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम
पूजा विधि
सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाउनुहोस् ।
नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।
शिवलिङ्गमा चन्दनचामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्।
यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।
याद राख्नुहोस् तपाईको सकारात्मक सोँचविना कुनै पनि काम अधुरो हुन्छ । यसअर्थ दुखी गरिबको सेवा, सम्मान, माया, सहयोग कायमै राख्नुहोस् ।
प्रतिक्रिया