शनि देवलाई प्रशन्न गर्ने शनि पुजा कसरी , किन र कहिले गर्ने ! यस्तो छ शनिदेवको पूजा विधि….


ज्योतिषः केशव गौतम
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।

शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।

पुरा जानकारी भिडियोमा हेर्नुहोस्

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल फागुन २४ गते शनिबार ई. सं. २०२० मार्च ७, नेपाल सम्बत ११४० चिल्लाथ्व त्रयोदशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, फाल्गुण शुक्ल पक्ष त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा पुष्य नक्षत्र, अतिगण्ड योग, बालव करण। नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ०६ः०८ बजे हुनेछ। आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय – बिहान ०७ बजेर ४९ मिनेट देखि ०९ बजेर १८ मिनेट सम्म छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ।

चे, चो, ला, लि, लु, ले, लो, अ० – राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० – अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क स् ६ र शुभरङ्ग स् सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क स् ५ र शुभरङ्ग स् हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० – उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बलिराजाय नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० – आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क स् ६ र शुभरङ्ग स् नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ पितृभ्यो नमः÷ॐ भूतानां पतये नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क स् १ र शुभरङ्ग स् बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० – मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क स् ४ र शुभरङ्ग स् ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० – बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् । आजका लागि शुभअङ्क स् ३ र शुभरङ्ग स् सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ गृहदेवताभ्यो नमः÷ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० – पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क स् २ र शुभरङ्ग स् छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० – पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क स् ५ र शुभरङ्ग स् गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या स् ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।