सपनामा मन्दिर गएको देखेमा के अर्थ हुन्छ ? जान्नुहोस्


हामिले सुतेको समयमा सपना देख्नु सामान्य कुरा हो । सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा पनि बताइएको छ । शास्त्रमा सपनामा देखेका चीजहरुले भविष्यमा कस्तो संकेत गर्ने गर्छ भन्ने बारे बताइएको छ । सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। यस्तै यदि तपाईले सपनामा मन्दिर गएको देखेमा के हुन्छ होला रु मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ ।

भाकल – यदि सपनामा मन्दिर गएको देखेमा मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको बुझिन्छ । भगवानले दिएको आशिर्वादको धन्यवाद दिन बाकीँ रहेको भन्ने बुझिन्छ । मन्दिर गएको सपना देखेमा केही भाकल छ भन्ने कुझिन्छ । त्यसपछि आफ्नो भाकल पुरा गर्न मन्दिर जानुपर्दछ ।

दिव्य आश्वासन – मन्दिरको सपना देख्दा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भन्ने पनि बुझिन्छ । तपाईले कसैको सहाराको आश गर्नुभएको छ भने पनि सपनामा मन्दिर देख्नुहुन्छ ।