गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना


विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका

“ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया” लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् ।

“रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको” देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।