प्रेमको नमुना जोडीका रुपमा चर्चा पाएका रुपा कृष्णलाई पुत्र लाभ


प्रेमको नमुना जोडीका रुपमा चर्चा पाएका रुपा कृष्णलाई पुत्र लाभ भएको छ । रुपा कृष्णलाई पुत्र लाभ भएसंगै सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।रुपा मगर र कृष्ण ओलीको प्रेम केहिसमय अगाडी निकै चर्चाको बिषय बनेको थियो । दु’र्घटनामा हात र खुट्टा गु’माएका कृष्णलाई देश विदेशमा रहेका नेपालीहरुले हौसला प्रदान गर्दै आएका थिए ।

उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।