महानायक राजेश हमाललाई शोक, भाई राकेशको निधन !


अभिनेता राजेश हमाललाई ठूलो शोक परेको छ । उनको परिवारका एक सदस्यले यो सन्सार छोडेका छन् । राजेश हमालका आफ्नै भाई राकेशको निधन भएको हो । राजेशका भाई कलेजोका रोगी थिए । उनको भारतमा उपचार भै रहेको थियो । नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेशको निधन भएको हमाल परिवारले जानकारी दिएको छ ।