काठमाडौं – कक्षा १२ को नतिजा सोमबार बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी छ। नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।
बोर्डले प्राविधिक समस्या नभएमा आजै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।
शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।














प्रतिक्रिया