बङ्गलादेशमा ट्रक दुर्घटना १५ जनाको मृत्यु


ढाका l मध्य बङ्गलादेश को मध्य क्षेत्रमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। फलामका रड र अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना ढाका बाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा पर्ने टाङ्गाइल जिल्ला को सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो। प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको थियो।

दुर्घटनामा अधिकांश दैनिक ज्यालादारी मजदुर परेका थिए, जो ईद अल–अधा मनाउन घर फर्किरहेका थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।