दोहा । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा भएको भीषण विस्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्। आइतबार भएको उक्त घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिक गरी १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी घाइते भएका छन्।
घाइते हुनेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बङ्गलादेश, केन्या, घाना, तान्जानिया तथा नाइजेरियाका नागरिक रहेका छन्। यद्यपि, सम्बन्धित निकायहरूले हालसम्म घाइतेहरूको नामावली सार्वजनिक गरेका छैनन्। सबै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रस लाफान घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
विस्फोटको कारणबारे अनुसन्धान जारी रहेको कतारी अधिकारीहरूले बताएका छन्। घटनापछि सुरक्षा निकाय तथा उद्धार टोली तत्काल परिचालन गरिएको थियो।

















प्रतिक्रिया