काठमाडौं । नेपाल सरकारले रमजान १४४७ हिजरी (२०२६) को पावन अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब अधिराज्य सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साउदी अरब सरकारले प्रदान गरेको उक्त मानवीय निर्णयको उच्च प्रशंसा गर्दै यसले नेपाल–साउदी अरबबीचको मित्रवत् सम्बन्ध र आपसी सहयोगलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
मन्त्रालयले शाही माफी प्राप्त नेपाली नागरिकहरूको स्वदेश फिर्ता तथा आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्न साउदीस्थित नेपाली दूतावासले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
नेपाल सरकारले साउदी अरबमा रहेका नेपाली नागरिकहरूको हित, सुरक्षा र कल्याणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेको छ।

















प्रतिक्रिया