शिक्षा सुधारमा तीनै तहबीच सहकार्य हुनुपर्नेमा जोड


कैलाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको विकास र सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले सबै तहको समन्वयबिना शिक्षा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने बताए।

मन्त्री पोखरेलले शिक्षा नीति तथा कानुन निर्माणमा सरोकारवालासँग पर्याप्त संवाद गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिए। कार्यक्रममा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबीच शिक्षा नीति, बजेट, कार्यक्रम तथा कार्यान्वयनबारे छलफल भइरहेको छ।