काठमाडौँ । इलाम र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
इलामको रोङ गाउँपालिका–५ देवनथापस्थित सडकमा देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१–०४–००१ त १२३६ नम्बरको ट्याक्टर मंगलबार बेलुकी अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टर चालक झापा मेचीनगर नगरपालिका–५ नकलबन्दा निवासी ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका काभ्रे निवासी ५८ वर्षीय चन्द्रबहादुर दोङको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















प्रतिक्रिया