भित्री वस्त्रमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारतीय पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्री वस्त्रमा लुकाएर ल्याइएको ५३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ मार्फत बिहीबार काठमाडौं आएका भारतको केरला निवासी मोहम्मद चेरा थोडीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले चेकजाँच गरेको थियो। त्यस क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा प्याक गरेर लुकाइएको अवस्थामा ५३५ ग्राम पहेँलो धातु (सुन) बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सुन भन्सार छली अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Type / to choose a block