छोराको न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा माइली माया


काठमाडौँ । त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा ज्यान गुमाएका चालक अर्जुन दोङ तामाङकी आमा माइली माया दोङ छोराका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा पुगेकी छन्।

छोराको मृत्युको घटनाबारे निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गर्दै उनी सिंहदरबार पुगेकी हुन्। उनले घटनामा ज्यान गुमाएका आफ्ना छोराका लागि राज्यले न्याय र उचित सम्बोधन गर्नुपर्ने माग राखेकी छन्।

छोराको मृत्युको पीडामा रहेकी माइली माया न्यायको माग गर्दै राज्यको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेकी हुन्। त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनापछि अर्जुनको मृत्यु भएको थियो।

पीडित परिवारले घटनाबारे सत्यतथ्य छानबिन, दोषीमाथि आवश्यक कारबाही र परिवारलाई उचित सहयोग तथा सम्बोधनको माग गर्दै आएको छ।