काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रवि भवनमा पैदलयात्रीलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ।
बिहीबार बिहान ४ बजेर ९ मिनेटमा मर्निङ वाकमा रहेकी करिब ६५ वर्षीया महिलालाई सवारीसाधनले ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको टाउको र मुखमा चोट लागेको छ।
घाइते महिला बोल्न नसक्ने भएकाले उनको परिचय खुल्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनापछि ठक्कर दिने सवारीसाधन फरार भएको छ। सिसिटिभी फुटेजको प्रारम्भिक अध्ययन गर्दा स्कुटरले ठक्कर दिएको जस्तो देखिए पनि यकिन हुन बाँकी रहेको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरेशकुमार सिंहले बताए।
हिट एन्ड रनमा संलग्न सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते महिलाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।






















प्रतिक्रिया