जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर पल्टिँदा सञ्चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही बाबा बालुवा प्रशोधन उद्योगभित्र ग्राभेल लोड गरिएको टिपर पल्टिँदा त्यसमा रहेको बालुवा, गिट्टी र ग्राभेलले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरि महतो गम्भीर घाइते भएका थिए ।
बुधबार साँझ प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरमा ग्राभेल भर्ने क्रममा टिपर पल्टिएको प्रहरीले जनाएको छ । टिपर पल्टिएपछि त्यसमा रहेको सामग्रीले पुरिएका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि जानकी मेडिकल कलेज लगिएको थियो ।
उपचारका क्रममा महतोको बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोही घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ का ३० वर्षीय हरि विकको खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया