संसदमा गीत गाउँदै नाचिन् न्युजिल्यान्डकी २२ वर्षीया सांसद

एजेन्सी– यतिबेला सारा संसारको ध्यान न्युजिल्यान्डको संसदमा भएको एउटा घटनाले खिचेको छ । त्यहाँकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ संसदमा गीत गाउँदै नाचेको भिडियो संसारभरि नै भाइरल भइरहेको हो । उनले संसद्‌मा प्रस्तुत गरिएको विधेयकले आफ्नो माओरी समुदायको अधिकारलाई कटौती गरेको भन्दै नृत्यमार्फत त्यसको विरोध गरेकी हुन् । उनले आफ्नो परम्परागत सांस्कृतिक नृत्य…