सभामुख अर्याल र साउदी राजदूत बिच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा छलफल

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा सभामुख अर्यालले नेपालकाे सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराउनुभयो।…