विलियम बोसिस्टोले ६ विकेट लिँदा १०३ रनमै पोखरा अलआउट

काठमाडौं– विलियम बोसिस्टोले ४ ओभरमा २८ रन दिएर ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमै अलआउट भयो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन…