काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । बिहीबार कीर्तिपुरस्थित क्रिकेट रंगशालामा भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पाखा लगाउँदै जनकपुर अर्को चरणमा पुगेको हो । एक खेल अगावै अर्को चरणमा पुग्ने पहिलो टिम जनकपुर बनेको छ । काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५…