काठमाडौं– नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेटमा २५–२३ को जित निकाल्दै च्याम्पियनसिप आफ्नो नाममा गरेको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–०…