काठमाडौं - स्कटल्याण्डको ग्लास्गोमा आइतवारदेखि त्रिदेशीय टी२० क्रिकेट शृंखला प्रारम्भ हुँदैछ । शृंखलाको पहिलो खेलमा स्कटल्याण्ड तथा नेदरल्यान्डस् भिँड्दै छन् । यो खेल नेपाली समयअनुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल सोमवार नीदरल्याण्ड्सविरुद्ध खेल्ने छ । शृंखला असार ६ गते शुक्रवार सम्पन्न हुनेछ । टी२० खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश…