सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दियो

काठमाडौं – मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनल खेलमा सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३५ ओभरको खेलमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। नेपाली बलरहरूको बलिङका कारण सिंगापुर ठूलो स्कोर बनाउन असफल रह्यो। अब नेपालले ११४ रन बनाउँदै उपाधि जित्ने लक्ष्य लिएको छ।…