काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले जितको यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हराएको छ । प्रतियोगितोमा आजै नेपालले आफ्नो पहिलो खेलमा बेलुकी ६ बजे किर्गिस्तानसँग खेल्दैछ । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू…