काठमाडौं । खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित पर्साको वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको हो । भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम…