शुक्रबारदेखि रिलिजमा आउन लागेको ‘महाभोज’पछि एक महिना नयाँ नेपाली रिलिजको क्यालेन्डर छैन । यो फिल्मको सुखद व्यापार भएको खण्डमा एक महिनासम्म निर्वाध रुपमा यो फिल्म हलमा लाग्नेछ ।दिनेश राउतको निर्देशनमा विकास सुवेदीले लेखेको यो फिल्मलाई क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज्, आइएनआई लगायतका हलहरुले औषत शोज दिएका छन् ।विशेषगरि, हलमा ‘हाउसफूल ५’को अकुपेन्सी सुखद रहनु, नयाँ…