‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक

काठमाडौं - असोज १३ गते अर्थात् दशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागिरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक गरेको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको यस गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज तथा श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा…