सर्लाही - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ बाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६९७ मत प्राप्त गर्दै युवा महिलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएकी हुन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरिन्। सहमतिको प्रयास सफल नभएपछि बयलबासस्थित गल्ला व्यापार संघको भवनमा…