‘माइतीघर’को नृत्य प्रतियोगितामा दर्शकको उत्साह, विजेताले पाउनेछन् ५ लाख नगद

काठमाडौं – असोज १३ गते फूलपातीका दिन रिलिज हुने फिल्म ‘माइतीघर’ को शीर्ष गीतमा आधारित नृत्य प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। सोमबारदेखि सुरु भएको यस प्रतियोगितामा सहभागीले तयार पारेका भिडियोले छोटो समयमै सामाजिक सञ्जालमा उच्च चर्चा बटुलेका छन्। निर्माता रोहित अधिकारीका अनुसार, प्रतियोगिता सुरु भएको २४ घन्टा नपुग्दै नै दर्शकले उल्लेख्य संख्यामा भिडियो पठाएका…