काठमाडौं - अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘जेरी : अन टप’को टिजर सार्वजनिक गरिएको छ। सुयोग गुरुङ निर्देशित यस फिल्मले सगरमाथा आरोहण र त्यहाँको पदयात्राको पृष्ठभूमिमा बाँधिएको प्रेमकथा देखाउने संकेत दिएको छ। झण्डै दुई मिनेट लामो टिजर मर्मस्पर्शी र साहसिक दुवै अनुभूति दिलाउँछ। सुरुवातमै सगरमाथाको भव्य दृश्य, त्यसपछि प्रेम, धोका, संवेदना, ड्रामा र एक्सन दृश्यले…