भोलि शुक्रवारबाट प्रदर्शनमा आउने हरर जनरामा निर्माण गरिएको सिनेमा ‘कठपुतली’को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया मिलेको छ । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरेका थिए । प्रिमियरमा उपस्थीत सिनेमाकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै सिनेमा हेर्दा आफू इमोसनल…