कन्नड अभिनेत्री रान्या राव सुन तस्करी आरोपमा पक्राउ

काठमाडौँ- कन्नड फिल्मकी अभिनेत्री रान्या राव सुन तस्करीको आरोपमा पक्राउ परेकी छन्। उनलाई बेंगलुरू अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। रान्या, जो आईपीएस अधिकारी के रामचन्द्र रावकी छोरी हुन्, १५ दिनमा चारपटक दुबई भ्रमण गरेको तथ्यका आधारमा प्रहरीको अनुसन्धानमा परेकी थिइन्। सोमबार राति, रान्याको साथबाट १४.८० किलो सुन बरामद गरिएको छ। उनले आफ्नो कपडामा सुन लुकाएर…