माग्ने बुढा र वर्षा हल–हल पुगेर दर्शकसँग भेटघाट, कस्तो गर्दै छ त व्यापार

काठमाडौं – चलचित्र "माग्ने राजा"ले प्रदर्शन शुरुदेखि नै राम्रो व्यापार गर्दै आएको छ । शुक्रबार मध्यान्हदेखि सुरु भएको फिल्मको चर्चा शनिबार बिहानैदेखि निरन्तर जारी छ । निर्देशक ऋषि लामिछाने कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीलाई लिएर उपत्यकाका हल पुगेका छन्, जहाँ दर्शकले फिल्मलाई मनोरञ्जन र सन्देश दुवैको सन्तुलित प्रस्तुति भन्दै प्रशंसा गरेका छन्…