काठमाडौं– श्रद्धा कपुर र राजकुमार राव स्टारर हरर–कमेडी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मको ओपनिङ सन् २०२४ को सबैभन्दा धेरै रहेको इण्डिया टुडेले लेखेको छ । बलिउड ट्रेड विश्लेषकले ओपनिङ ४० करोडभन्दा माथि हुने प्रक्षेपण गरेका थिए । सन् २०१८ को…