कानुन विपरित फिल्म लगाउने हललाई कारवाही गर्न सक्लान् डीसीले ?

लक्ष्मीपुजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । यो फिल्मले देशभरका सबैजसो हलमा हाउसफुलका साथ व्यापार गरिरहँदा एउटा नयाँ तथ्य बाहिर आएको छ । फिल्मको निर्माण कम्पनी सेभेन सिजले मोफसलका १९ हलले ‘फेक रिपोर्ट’ दिएको भन्दै ती हलबाट फिल्म उतार्ने निर्णय गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।…