सुखद खबर : शंकास्पद तीन जनामा भेटिएन कोरोना संक्रमण !

कोरोना भाइरस (कोभिड १९) को शंका गरिएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरस नभएको पाइएको हो। अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। चीनबाट फर्किएका दुई नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको…