शिक्षक आन्दोलनले एसइइको उत्तरपुस्तिका परीक्षण प्रभावित हुने भएपछि कांग्रेस महामन्त्रीद्वय भए सक्रिय

काठमाडौं - शिक्षक आन्दोलन नरोकिए नयाँ शैक्षिक–सत्रको पठनपाठनका साथै एसइईको उत्तरपुस्तिका परीक्षण नै प्रभावित हुने भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफैं सक्रिय भएका छन् । शिक्षकहरूको मागबारे छलफल गरी आन्दोलन रोक्न थापा र शर्माले पहलकदमी थालेका हुन् । मंगलबार बिहान कांग्रेस पार्टी कार्यालयमा दुवै महामन्त्रीले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल गरेका छन्…