भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका विभिन्न क्षेत्रबाट हालसम्म १२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको…