कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा विरोधी प्रदर्शन, कम्तीमा ३९ जनाको मृत्यु

एजेन्सी– कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो । केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ जुन १८ देखि जुलाई १ सम्म ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको…