काठमाडौं - पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् । खरेल काभ्रेपलाञ्चोक २ का कांग्रेस उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । पाँचखाल–५ को केराघारीमा पुगेका खरेलले आफू कुनै पार्टीमा नलागे पनि रुपान्तरणसहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित चुनावी कार्यक्रममा आएको बताए । ‘म न्युट्रल मान्छे हो, म…