गगन–विश्वप्रकाश ढुक्क थिए नयाँ निर्णयमा, तर अन्तिम समयमा देउवाले बनाए निराश

काठमाडौं - नेपाली कांग्रेसभित्र नयाँ सुरुवातको संकेतका रूपमा हेरिएको बिहीबारको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण निराशामा परिणत भएको छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा बैठकबाट केही नयाँ निर्णय आउनेमा ढुक्क थिए। तर अन्तिम समयमा देउवा नजाने भएपछि नेतृत्व सुधार र पार्टीभित्र नयाँ धारको अपेक्षा मथ्थर बनेको छ। सभापति देउवाले असोज २६ गते…