विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव

काठमाडौं  - विपक्षी दलहरूले प्रतिनिधिसभामा गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेल ले ‘तमासा’ भनेपछि सदनमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्रीको जवाफदेहिता र सदनमा उपस्थितिको माग गर्दै विपक्षीहरूले निरन्तर विरोध गरिरहेका बेला खरेलको उक्त अभिव्यक्तिपछि बैठक केहीबेर अवरुद्ध भएको हो । कार्यसूचीअनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका खरेलले सुरुमै विपक्षीलाई लक्षित…