काठमाडौँ - गृहमन्त्री सुधन गुरुङले २६ दिनमै पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको नयाँ नेतृत्वबारे राजनीतिक चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रवक्ता मनिष झा गृहमन्त्रीका प्रमुख दाबेदारका रूपमा चर्चामा आएका छन्। पार्टीभित्र उनको राजनीतिक अनुभव, समन्वय क्षमता र विपक्षीसँगको सम्बन्धका कारण उनलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ । त्यस्तै गृहमन्त्री सचिवालयका सदस्य दीपक बोहरा…