काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा तीव्र उछाल आएको छ। प्रतिऔंस मूल्य ३४०० अमेरिकी डलर पार गर्दै मंगलबार बिहानको कारोबारमा झनै बढेर ३४८० डलर आसपास पुगेको हो। गत साताको तुलनामा सुनको मूल्यमा करिब ५ प्रतिशतको वृद्धि देखिएको छ। यस अन्तर्राष्ट्रिय वृद्धिको असर मंगलबार नेपाली बजारमा पर्ने अनुमान गरिएको छ। सोमबार नेपाली बजारमा सुनको मूल्य…