नेपाली सय रुपैयाँमा चुच्चे नक्सा समेटिएपछि भारतीय मिडियामा खैलाबैला

काठमाडौं - नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सासहितको नयाँ १०० रुपैयाँको नोट सार्वजनिक गरेपछि भारतमा तरंग सिर्जना गरेको छ । खासगरी भारतीय मिडियामा यो विषयले धेरै प्राथमिकता पाएको छ । नेपालले भारतीय भूमिको नक्सा आफ्नो नोटमा राख्दा पनि सरकारले केही गर्न नसकेको भन्दै भारतीय मिडियाले यसलाई ठूलै रूप दिइरहेका छन् । सानादेखि ठूला…