काठमाडौं - केही दिनयता नेपाली कांग्रेसमा विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्नेको लहर चलेको छ । फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा अन्य दलका प्रभावशाली नेताहरूको कांग्रेस प्रवेश गर्ने क्रम तीव्र बनेको हो । विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चुनिएपछि कांग्रेसप्रति आकर्षण बढेको भन्दै विभिन्न दलका ६ हजारभन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।…