भीमफेदी–कुलेखानी सुरुङमार्गको ठेक्का लगाउने तयारी, हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग निर्माण

काठमाडौं - बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा ‘पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग’को निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाल यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । मन्त्रालयका सचिव तेजराज भट्टका अनुसार सुरुङमार्गको डिजाइनको काम करिब-करिब अन्तिम चरणमा पुगेको छ । डिजाइन सकिनासाथै फागुन-चैतमै…