दुर्घटनापछि त्रिशाला भन्छिन्- पठाओ राइडमा दुर्घटनामा परेकी गायिका त्रिशाला भन्छिन्- अब हेलमेट किन्छु । पठाओ भन्छ- बीमाको व्यवस्था छैन ।

नेपाल मेडिकल कलेजमा काम थालेको झण्डै डेढ महिना भएको थियो । भर्खरै डाक्टर बनेकी गायिका त्रिशाला गुरुङलाई ९ बजे अस्पताल पुग्नुपर्छ । सँधैझैं ८: ४५ मा उनले राइड सेयरिङ एप पठाओ प्रयोग गरेर पठाओ बाइक डाकिन् ।चाबहिलको घरमै उनलाई लिन एकैछिनमा पठाओ राइडर आइपुगे। सिमेसिमे पानीले बाटो चिप्लो थियो। सरस्वती नगरबाट आरुबारी जाने बाटोमा बाइकको…